नेकपा ऐतिहासिक घोषणासभा : भिडियो तथा फोटोफिचर

२१ श्रावण २०७६, मंगलवार २२:४९

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा २०७५ जेठ ३ गते गरिएको थियो ।

भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक ९नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ सहित० थिए ।

कम्युनिष्ट पार्टीमा हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समिति समेत गठन गरिसकेको छ । केन्द्रिय समितिमा ४४१ जना, स्थायी समितिमा ४५ जना सदस्य र हाइकमाण्ड समितिमा ९ जना रहेका छन् ।

सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।

सोहि दिनको भएको घोषणासभाको उल्लासपूर्ण फोटोफिचर

नेपाल कम्युनिष्टपार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टी एकता घोषणा कार्यक्रममा एकता दस्तावेजमा हस्ताक्षर गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टी एकता घोषणा कार्यक्रममा एकता दस्तावेजमा हस्ताक्षर गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली

एकता कार्यक्रममा उपस्थित नेता कार्यकार्ता तथा शुभेच्छुकहरुलाई अभिवादन गर्दै अध्यक्षद्धय तथा नेताहरु ।

एकता कार्यक्रममा उपस्थित नेता कार्यकार्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरु ।

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष केपी शर्मा ओलि ।

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

फोटो साभार : रातोपाटी

नेकपा पार्टी एकता घोषणा कार्यक्रम