ताप्लेजुङ संक्षिप्त परिचय : फोटोफिचर

२१ श्रावण २०७६, मंगलवार २२:५८

शब्द तस्विरः केशब लामा

नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलस्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । लजस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध जन्मेको देश लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मान चित्रमा पर्यटकीय क्षेत्रको रुपमा परिचत रहेको छ । नेपालको भैगोलिक विभाजन अनुसार सात प्रदेश र ७५ जिल्लामा विभाजित रहेको छ । ७५ जिल्ला मध्ये ताप्लेजुङ पनि एक हो ।
ताप्लेजुङको नामाकरण प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाको जोङ (किल्ला) यस स्थानमा रहेको हुनाले ताप्लेजुङ रहन गएको हो । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ । समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । यो जिल्लालाई केन्द्रका लागि १ र प्रदेशका लागि २ निर्वाचन क्षेत्र, एक नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ । यो जिल्लाको सदरमुकाम फुङलिङ हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ ।
यस जिल्लामा रहेको विभिन्न पर्यटकीय क्षेत्रहरु रहेका छन् । पाथिभरादेवी, दिक्कीछोलिङ गुम्बा, तिम्बुङपोखरी, फुङफङगे झर्ना लगायत पापुङको तोक्पेगोलाको सोदुपोखरी क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ ।

ताप्लेजुङबाट देखिएको सुर्योदयको दृश्य ।

ताप्लेजुङको मिक्वाखोला ५ पापुङको तोक्पेगोलमा अवस्थित सोदुपोखरी ।

ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा देवी ।

ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्रमा पाइने जडीबुटी पदमचाल ।

ताप्लेजुङ जिल्ला मिक्वाखोला ४ साँवामा अवस्थित नेपालको दोस्रो लामो झर्ना ।

ताप्लेजुङ जिल्ला सिदिङवा १ कालिखोलामा अवस्थित तिम्बुङ पोखरी ।

विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा ।