समाजवादी पार्टीका प्रबक्तासहित ४२ जना नेकपामा प्रवेश

९ माघ २०७६, बिहीबार ०८:१४

काठमाडौं । डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित ४२ जना नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिजालसहितका नेता कार्यकर्तालाई आज नेकपामा स्वागत गरे ।
प्रचण्ड निवासमा अहिले आयोजना भएको पार्टी प्रवेश कार्यक्रममार्फत रिजालसहितका नेताहरुले समाजवादी पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे ।
रिजालले समाजवादी पार्टीले जनचाहनाअनुसार काम गर्न नसकेको र क्षेत्रीय दलको रुपमा आफुलाई सीमित राखेकाले पार्टी परित्याग गरेको बताए । रिजालसहित खोटाङ, उदयपुर र सुनसरीका दर्जनौँ नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका रिजालले जानकारी दिए .